सकारात्मक र उर्जाशील उम्मेदवार नै लोकतान्त्रिक वाम गठबन्धन उम्मेदवार हुन : अध्यक्ष दाहाल

शिक्षा

बिबेक भण्डारी ।
सकारात्मक र उर्जाशील उम्मेदवार नै लोकतान्त्रिक वाम गठबन्धन उम्मेदवार रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डले बताउनु भएको छ । पश्चिम नवलपरासीमा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले मंसिर ४ गतेको चुनावलाई पाण्डव र कौरवबीचको ‘महाभारत युद्ध’सँग तुलना गर्नुपर्ने भन्दै पाण्डवलाई पहिचान गरि सोही पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो । दाहालले जनताको अभिमतको अवमूल्यन गर्नेहरु पराजय हुने बताउदै मतदाताले लोकतान्त्रिक वाम गठबन्धनको पाँच पाण्डवका उम्मेदवारहरूलाई विजय गर्नुपर्ने बताउनुभयो ।

उक्त सभामा कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले जनताले भोगेका समस्याहरु आफुले प्रत्यक्ष देखेको र सो सो समस्या साच्चै दयनिय रहेको बताउदै यस्ता समस्या अब समाधान गर्ने बताउनुभयो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर