जनताको मुलभूत समस्या समाधान गर्नु नै मेरो प्रमुख कार्य हो : विनोद चौधरी

शिक्षा

बिबेक भण्डारी
जनताको मुलभूत समस्या समाधान नै आफ्नो प्रमुख कार्य रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपरासी क्षेत्र नं.१का उम्मेदवार विनोद चौधरीले बताउनुभएको छ ।

मंगलवार पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले जनताको समस्या व्यापक रहेको बताउदै यो समस्यालाई कसरी चिर्ने भन्ने विषयमा आफु गम्भिर भएर लागेको बताउनुयो । ‘नवलपरासीका विभिन्न क्षेत्रमा पुगे, समस्या हेर्दा अत्यन्त दुख लाग्छ’ पार्टी केन्द्रिय सदस्य एवं उम्मेदवार चौधरीले भन्नुभयो । उहाँले सामान्य देखि सहनै नसकिने समस्याले लिप्त रहेका यहाँका जनतालाई आफुले विकासको प्रशस्तै मार्गहरु निर्माण गर्ने अभियानमा लाग्ने बताउनुभयो । ‘यहाँका समस्या हेर्दा केहि समाधान भएको लागेन, शिक्षा, स्वास्थ्य, रोजगार, किसान सबैमा समस्या छ, त्यो समस्या समाधान गर्न पनि मेरो उम्मेदवारी रहेको र चुनाबमा उत्रीएको हुँ ।’ चौधरीले भन्नुभयो ।

नवलपरासी क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक वाम गठबन्धनको चुनावी सभा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लगायत प्रदेश र जिल्लाका शीर्षनेताहरुको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर