मध्याह्न १२ : ४५ बजेसम्म देशभर ३२ प्रतिशत मतदान

शिक्षा

काठमाडौँ —

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत देशभर ३२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा मध्याह्न १२ : ४५ बजेसम्म देशभर ३२ प्रतिशत मतदान भएको छ ।

आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले १२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको बताए ।

‘देशैभरि सामान्य छिटपुट घटनाबाहेक उत्साहजनकरुपमा मतदान कार्य भइरहेको छ,’ उनले भने, ‘बिहानको समयमा अपेक्षाकृत मतदान भएन, चिसोका कारण पनि होला सायद‚ मतदाताको उपस्थिति पातलो देखिएको थियो तर अहिले सबैतिर उत्साहजनक रुपमा मतदाताको सहभागिता छ ।’

आयोगले कतिपय ठाउँमा विभिन्न विषयमा विवाद हुँदा केहीबेर मतदान रोकिए पनि पुनः मतदान सुरु भइसकेको जनाएको छ ।

‘जहाँ मतदान अवरुद्ध भयो, ती ठाउँमा तत्कालै छलफल र संवादबाट विवादको समाधान गर्ने र पुनः मतदान कार्य सुरु गर्ने काम भएको छ,’ प्रवक्ता पौडेलले भने, ‘कतिपय ठाउँमा विवाद समाधानको प्रयास भइरहेको छ ।’

उनले आयोगले आयोगसँग परामर्श नगरी मतदान कार्य स्थगित नगर्न निर्देशन दिएको छ ।

त्यस्तै, मतदाता नामावलीमा मतदाताको नाम नभेटिए आयोगको टोल फ्रि नम्बर ११०२ मा फोन गरेर सहयोग लिनसमेत आग्रह गरेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर