देवचुलीमा आज पुन: मतदान

शिक्षा

बिबेक भण्डारी ।
मतपेटिका जलाइदिए पछि देवचुलीमा रोकिएको मतदान सुरु भएको छ । सोमबार बिहान ७ बजदेखि मतदान सुरु भएको छ ।

देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रोकिएको थियो । कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो । मतदानस्थलमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

सोमबार बिहान १० बजेदेखि क्षेत्र नम्बर १ को मतगणना देवचुलीको मतदान सकिएको २ घण्टाभित्र गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर