जनगायक शर्मा भन्छन् ‘नम्र व्यवहार नै प्राकृतीक चिकित्सालयको औषधी रहेछ’

शिक्षा

बिबेक भण्डारी ।
विगत केहि दिन देखी रजहरमा रहेको सामुदायिक प्रकृतीक चिकित्सालयमा रहेका जनगायक जीवन शर्मा चिकित्सालयको उपचार पद्दतीमा दंग छन ।

प्राकृतीक चिकित्सालय रजहरमा सामान्य उपचारका लागि आएका उनी त्यहाँको उपचार पद्दती र त्यहाँको वातावरण देखेर दंग छन । गायक शर्माका अनुसार प्राकृतीक चिकित्सालय अस्पताल जस्तो नभइ रिसोर्ट जस्तो लागेको बताए । ‘अस्पताल भनेको अस्पताल जस्तो लागेन , प्राकृतीक वतावरण,हरियाली र शान्त वातावरणले नै विरामीलाई सन्चो बनाउछ ।’ शर्माले भने ।

जनगायक शर्माले यहाँ उपचार पद्दतीसंगै उपचार गराउन खटिएका चिकित्सक, कर्मचारी सबैको नम्रबोली नै औषधी भएको बताए । ‘ यहाँका चिकित्सक देखी कर्मचारीको बोली यति नम्र छ त्यो नै विरामीको औषधी हो जस्तो लाग्यो’ शर्माले बताए ।

एक पटक मात्र होइन चिकित्सालयमा आएका जोकोही पनि पटक पटक आउन मन लाग्ने वातावरण चिकित्सालयले बनाएको बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर