नवलपुरमा स्वास्थ्य सुविधा थपिदै

शिक्षा

बिबेक भण्डारी
मध्यविन्दु जिल्ला अस्पतालमा पहिलोपटक डायलासिस सेवा सुरु भएको छ । डायलासिस सेवा जिल्लामा नै संञ्चालन भए पछि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । यस अघि विरामीहरु डायलासिस गर्न भरतपुर जानुपर्ने बाध्यता थियो । मिर्गौला बिरामीहरूका लागि जिल्ला अस्पताल डण्डामा ४ वटा उपकरण राखेर डायलासिस सेवा सुरु गरे संगै अहिले सहज भएको छ ।

जिल्लामा डायलसिस सेवा नहुँदा बिरामीले समयमा यसको सेवा लिन पाएका थिएनन र कति पयले समया सेवा नपाउदाँ जोखिममा समेत परेका थिए । भरतपुर अस्पतालबाट आएका स्वास्थ्यकर्मीले यो सेवा सुचारु गर्न सघाएका छन् । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको ४ वटा उपकरण राखेर यो अस्पतालमा सेवा सुरु गरिएको हो । यो अस्पताल बाहेक नवलपुरका अन्य कुनै पनि निजी वा सरकारी अस्पतालमा डायलासिस सेवा छैन । पहिलो पटक कावासोतीको डन्डमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा यो सेवा सुरु गरिएपछि छिमेकी जिल्ला चितवन र काठमाडौँ जानपर्ने बाध्यताको अन्त्य भएको ११ बर्षदेखि भरतपुरमा डायलासिस लिदै आउनुभएकी चित्रकुमारी मल्लले बताउनुभयो । यहाँ सुरु भएको सेवाले पैसा र समयको बचत भएको यसले अझ सहज भएको बताउनुहुन्छ ।

अस्पतालले जनशक्ति व्यवस्थापनदेखि थप बेड व्यवस्था गरेर जिल्ला भित्रका सबै विरामीलाई मध्यविन्दु जिल्ला अस्पतालमै सेवा दिने गरी तयारी थालेको छ । अस्पतालले पहिलो शत्रको रुपमा अहिले ९ जना मृगौला रोगी विरामीलाई मात्र सेवा दिएको छ । नवलपुर जिल्लामा कम्तिमा ८० जना मृगौला रोगीहरुले डायलाइसिस गरेको मध्यविन्दु जिल्ला अस्पतालले तथ्यांक संकलन गरेको छ । जसका लागि अस्पतालमा रहेका ४ वटा मेसिन पूर्ण रुपमा सञ्चालनमा ल्याउनु पर्ने छ भने अस्पतालमा डायलाइसिस सेवामा मात्रै १० वटा वेड सञ्चालनमा ल्याउनु पर्ने अस्पतालका म.सु कंडेल बताउनुहुन्छ।

जिल्ला अस्पताललाई थप ब्यवस्थापन दक्षजनशक्ति पर्याप्त उपलब्धतासंगै आवश्यक सेवासुबिधाका सेवाहरु सरल र सहज तरवरबाट प्रदान गर्न सके जिल्लाबासी डालायसिस बाहेक अन्य जटिल उपचार पनि जिल्लाकै अस्पतालमा गर्न सक्ने थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर