नवलपुर ।
नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्र्तगतजिल्लाको विनयी त्रिवेणी गाउँपालिका –१, विनयी खोला नजिक आज बिहान ५ बजेको समयमा बस र ट्रक एक आपसमा ठोक्किँदी सत्र जना घाइते भएका हुन् ।
बाग्लुङबाट भैरहवाका लागि छुटेको लु १ ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु २ ख ८९३ नम्बरको ट्रक एक आपसमा ठोक्किँदी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो । दुर्घटनामा परि ट्रक चालक सहित बसमा सवार १६ जना यात्रु घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भिर रहेको सूचना अधिकारी पाठकले बताउनुभयो ।
घाइतेहरूको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा तीस जना सवार रहेकोमा अन्य यात्रु भने सकुशल रहेको पाठकले बताउनुभयो । बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्फ रुपमा मात्रै यातायात सञ्चालन भएको छ । दुर्घटनामा परेका सवारी हटाएपछि मात्र दुईतर्फी रुपमा सवारी सञ्चालनमा आउने उहाँले बताउनुभयो ।