`गजलसँग…´८औं शृङ्खला गुञ्जिए गजल

शिक्षा

भरतपुर, २४ मंसिर ।

नियमित गजल वाचन कार्यक्रम `गजलसँग…´ को ८औँ शृङ्खलामा आदर्श सुशील, ऋद्धिमा रिजाल, परिविक्रम र प्रतीक्षा पोखरेल प्रस्तुत भएका छन् । गजल मञ्च चितवनले शनिबार चितवन साहित्य परिषद् नारायणगढमा आयोजना गरेको कार्यक्रममा ४ जना स्रस्टाले गजल प्रस्तुत गरे । तिमी एकपटक मुस्कुराएको हेर्ने रहर छ आँखा बन्द गर्नु अगाडि यो संसारबाट । नवलपरासीका स्रस्टा आदर्श सुशीलले गजलका शेरहरूमार्फत माहोललाई गुञ्जायमान गराए । सुशीलले पहिलो चरणमा तीन, दोस्रो चरणमा दुई र अन्तिममा एउटा गजल प्रस्तुत गरे । सुशील गजल लेखनसँगै पत्रकारितामा सक्रिय छन् । ४ जना स्रस्टाले कार्यक्रममा ६/६ वटा गजल प्रस्तुत गरे । म्याग्दीबाट आएकी अर्की स्रस्टा ऋद्धिमा रिजालले पनि गजलमार्फत माहोललाई आफ्नो कब्जामा पारिन् ।

रिजालले प्रेममय भाव र सामाजिक विसयमा लेखिएका गजल प्रस्तुत गरिन् । छैन आफ्नै घर सुरक्षित, जन्मिँदै बैरी छ संसार आजकल सीता हरणकै निम्ति रावण चाहिँदैन कास्की, नागडाँडाका परिविक्रमले पनि ६ वटा गजल सुनाए । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत उनलाई स्रोता दर्शकले पनि गजलमा सँगसँगै गुनगुनाएर साथ दिएका थिए । टन्नै भरेर आँसु आँखा दियो नबिर्सी सम्झेन ओठलाई हाँसो थमाउनेले । नवलपरासी कै स्रस्टा प्रतीक्षा पोखरेलले पनि केही गजल वाचन गरिन् भने केही गुनगुनाइन् । पोखरेललाई पनि स्रोताले उत्तिकै साथ दिएका थिए । पोखरेल नेपाल टेलिकम भरतपुरमा कार्यरत छन् । स्वतन्त्रता छैन त्यो नदीलाई पनि हेर दुई किनार कसले बनायो । वि.सं. २०६३ सालमा स्थापना भएको गजल मञ्च चितवन यस क्षेत्रमा गजल गतिविधि गर्नमा क्रियाशील छ ।

कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष धनराज गिरी र किसान प्रेमीले पनि बोलेका थिए । कार्यक्रमको सुरुवातमामा उपाध्यक्ष रामकृष्ण अनायासले स्वागत मन्तव्य राख्दै दिवंगत पूर्वअध्यक्ष द्वारिका नेपाललाई स्मरण गर्दै उनको गजल वाचन गरेका थिए । सचिव सरगम पारुले सञ्चालन गरेको कार्यक्रम लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर