कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

शिक्षा

काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो ।

सेमिफाइनलमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन् । फ्रान्सले इंग्ल्यान्डलाई २–१ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो । त्यसअघि मोरक्कोले पोर्चुगललाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, शुक्रबार क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो भने अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो ।

अब सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच आगामी मंगलबार राति प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधबार राति भिडन्त हुनेछ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर