बिबेक भण्डारी
नाप तौलमा सर, विश्वासिलो भए पछि पछिल्लो समय डिजिटल तराजुको माग बढेको व्यवशायिले बताएका छन ।
तराजुमा किलो अनुसार ढक राखेर नाप तौल गर्ने भन्दा अहिले हरेक व्यवशायिहरुले डिजिटल तौल खरिद गर्न आउने गरेको कावासोतीमा डिजिडल तराजु बेच्दै आएको सुनिल न्यौपानेले बताए । जिल्लाको नवलपुरमा करिव ७० प्रतिशत व्यवशायिहरुले डिजिटल तराजुको प्रयोग गरेका छन । डिजिटल तराजु व्यापारीका अनुसार यसको माग तिब्र रहेको बताएका छन ।
एकै खालको मापन , नाप तौल विभागद्धारा पुष्टी गरिएको कारण पनि अहिले डिजिटल तराजुको माग तिब्र रहेको छ । पहिले प्रयोग गर्ने सामान्य तौल मापन (तराजु) भन्दा यो अति विश्वसनीय भएको कारण व्यवशायिहरुले यसको प्रयोग बढि गर्ने गरेका छन ।