रजहरमा चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशनद्धारा तिन दिने स्वास्थ्य शिविर सुरु

शिक्षा

बिबेक भण्डारी ।
चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशनले बुधवार स्वास्थ्य शिविर संञ्चालन गरेको छ । देवचुली नगरपालिकाको वडा नं.१६ मा तिन दिने स्वास्थ्य शिविर संञ्चालन गरेको हो । बुधवार एक कार्यक्रमको आयोजना गरि उक्त स्वास्थ्य शिविरको उद्घाट गरिएको हो । देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा उक्त स्वास्थ्य शिविर कार्यक्रम उद्घाट गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशनको आयोजनामा संञ्चालन भएको स्वास्थ्य शिविर प्रभावकारी भएको बताउनुभयो । उहाँले विदेशी चिकित्सकद्धारा वडामा नै यसरी स्वास्थ्य उपचार प्रदान गर्नु सकारात्मक भएको भन्दै धन्यवाद प्रदान गरे । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीको विशेष आतिथ्यता रहेको थियो ।

स्वास्थ्य शिविरमा चिनिया चिकित्सकहरुले विरामी जाँच गर्दे

कार्यक्रममा बुटवल नारायणगढ सडक आयोजनाका तर्फबाट जंङ्ग,युयान,छुइ र कार्यक्रम संयोजक इश्वार भट्राइको विशेष आतिथ्यता रहेको थियो । शिविरमा चिनिया चिकित्सकहरु समेत स्वास्थ्य शिविर तथा उपचारमा खटिएको थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर