देवचुली महोत्सव माघ ५ देखि १५ सम्म फारममा हुने

शिक्षा

बिबेक भण्डारी ।
नगरपालिकाको आर्थिक विकास तथा सासंस्कृतीक संरक्षण गर्ने उद्देश्यले चौथो देवचुली महोत्सव आयोजना हुने भएको छ । शनिवार आयोजक देवचुली उद्योग वाणिज्य संघले पत्रकार सम्मेलको आयोजना गरि महोत्सव हुने बारे जानकारी गराइएको हो । यास वर्षको महोत्सव देवचुली १७ फारममा मा हुने भएको छ । पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ देवचुलीका अध्यक्ष सुर्य प्रसाद दवाडीका अनुसार माघ ५ गते देखि १५ गते सम्म आयोजना हुने मेलामा विभिन्न स्थानिय कृषि प्रबद्धन, स्थानिय उत्पादनलाई मेलामा प्राथमिकता दिने बताए । मेलामा औद्योगिक उत्पादित उपभोग्य एवं खाद्यान्न सामान, पर्यटन, सुचना प्रविधि तथा संचार, बैक तथा वित्तिय संस्था, हस्तकला सामान अटोमोवाईल्स,शिक्षा,खेलकुद लागयत वस्तुहरु मेलामा राखिने अध्यक्ष दवाडीले बताए । आयोजना हुन लागेको मेलामा १ सय ५० बढी व्यापारिक स्टलहरु रहने छन ।

यस्तै मेला अवधिभर विभिन्न प्रतियोगितात्मक कार्यक्रम अन्तरर्गत विद्यालय स्तरीय नृत्य प्रतियोगिता , विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता, आमा समुह बिच हाजिरी जवाफ, भजन प्रतियोगिता, खेलकुद प्रतियोगिता र देवचुली डान्स आइडल हुने छन । मेलामा १ सय रुपैया टिकट राखिएको छ भने विद्यार्थीलाई ७०, आपाङ्ग(रातो कार्ड) हुनेलाई निशुल्क हुने पत्रकार सम्मेलनमा जनाइएको छ । कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १७का वडा अध्यक्ष दिपक चालिसेको पनि उपस्थित रहेको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष चालिसेले देवचुली १७मा हुन लागेको महोत्सव सफल बनाउन आवस्यक समन्वय गर्ने बताए ।

कार्यक्रममा निर्वतमान अध्यक्ष , उपाध्यक्ष, सचिव, महासचिव लगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सहजिकरण देवचुली उद्योग वाणिज्य संघका महासचिव विनोद सिलवालले गरेका थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर