बिबेक भण्डारी ।
रजहर जेसिजको जेसिज सप्ताह–२०७९कार्यक्रम शनिवार देवचुली वडा नं.४ मा आयोजना गरिएको छ । जेसिज सप्ताह–२०७९ अन्तरर्गत उक्त वडामा रहेका करिव ८० स्थानियहरुलाई निशुल्क बाटेको धुप बनाउने तालिम प्रदान गरिएको हो । रजहर जेसिज बर्ष २०२२ का अध्यक्ष जे सि इस्वर बहादुर लोहनीको अध्यक्षतामा तालिमको समुद्घाटन भयको हो । तालिम उद्घाट कार्यक्रम देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले जेसिजले आयोजना गरेको तालिम समय सान्दर्वीक रहेको बताउदै यस्ता तालिमहरु लिएर व्यवहारमा उतार्न सके स्वरोजगार भइने बताउनुभयो । उहाले घरमै बसेर पनि काम गर्न सकिने बजारको समस्या परे जेसिजले नै व्यवस्थापन गर्ने यो एउटा अवसर पनि भएको बताउनुभयो । बाटेको धुप बनाउने तालिमको संयोजक जे सि अनु न्यौपानेले गर्नुभएको हो । आजै सोहि अवसरमा देवचुलि न पा वडा न ४ मा रहेका ७ ओटा टोल बिकाश संस्था तथा अन्य संघ संस्था का अध्यक्ष , उपाध्यक्ष ,सचिव र कोषाध्यक्षहरुका लागि माइनुट लेखन तथा बैठक संचालन प्रणालि तालिम समेत आयोजना गरिएको थियो ।
उक्त तालिमको रजहर जेसिज बर्ष २०२२ का निवर्तमान अध्यक्ष जे सि राजु केसिद्वारा प्रलिम प्रदान गरिएको थियो । कार्यक्रममा देवचुलि न पा वडा न ४ का वडा अध्यक्ष राम थापा क्षेत्रीको विशेष आतिथ्यता रहेको थियो । तालिम को संयोजक जे सि यमनाथ गौतमले गर्नुभएको थियो । रजहर जेसिजको जेसिज सप्ताह समुद्घाटन–२०७९का संयोजक जे सि भानुभक्त पौडेल रहनुभएको छ ।