होसियार आइडी ह्याक होला ।

शिक्षा

बिबेक भण्डारी ।
अहिले सामाजिक संञ्जालको प्रयोग गरि विभिन्न बाहानामा रकम माग गर्ने र आफन्ती हो भन्दै लुट्न खोज्ने सक्रिय भइरहेका छन । सामाजिक संजाल अन्तरर्गत ह्वाट्स अप र फेसबुकलाई नै ह्याकरहरुले मुख्य लुटको साधन बनाइरहेका छन । ह्वाट्सपमा लट्री पर्र्यो भनेर म्याज र भ्वाइस म्यासेज आउने गरेको छ ।
यस्तै ह्याकरहरुले फसबुक ह्याक गरि फेसबुकमा रहेका साथिहरुलाई समस्या पर्र्यो भन्दै रकम माग गर्ने तथा नम्बर माग गर्ने गरेको पाएएको छ । गत शनिवार मात्र देवचुली नगरपालिकाका स्थानिय राजेश गौतमको फेसबुक आइडी यसै गरि ह्याकरले ह्याक गरि सवारी लाइसेन्स कोड दिनुस त भन्दै म्यासेज गरेको सामाजिक संजालमा देख्न सकिन्छ । यस्तै कावासोती २ बस्ने निरज तामाङको ह्वाट्स अपमा लट्री चिठ्ठा पर्र्यो भन्दै म्यासेज आएको र आफुलाई बैक एकाउन्ट पठाइदिनु होला भन्दै म्यासेज आएको थियो । यो सुन्नुहोस ।
अझै सामाजिक संञ्जाल प्रयोग गर्ने प्रयोग कर्तालाई कौन बनेगा करोड पतिबाट कल गरेको र तपाइलाई २५ लाखको लट्री परेको छ भन्दै २५ लाख लिन ह्वाट्स अपमा म्यानेजर आकाश वर्मालाई फोन गर्नुस भन्दै म्यासेज आएको देवचुली वडा नम्बर ५ का दुर्गा प्रसाद न्यौपानेले बताए । यो त उदारहण मात्र हो । यस्ता सामाजिक संजाल प्रयोग गरि प्रयोग कर्ताहरुलाई लुट्न र ढाट्न खोज्ने सक्रिय बन्दै गएका छन । होसिर हुन आवस्यक छ । कसैले यस्तो म्यासेज गरेमा आफु प्रलोभनमा नपरि म्यासेज र कल गर्न समेत हुदैन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर