बिबेक भण्डारी ।
यो वर्ष नवलपुरमा आलु खेती गर्ने किसानको संख्या बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको जनाइएको छ । गत वर्ष भन्दा यो वर्ष जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको सङ्ख्या बढेको ज्ञानकेन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाको सबै भन्दा बढि आलु उत्पादन हुने क्षेत्रमा हुप्सेकोट, मध्यविन्दु र गैडाकोट क्षेत्र पर्ने गरेका छन । सो क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको छ ।

किसानले उत्पादन गरेको आलु स्थानीय बजार कावासोती, चोरमारा, नारायणगढ साथै काठमाडौँ पुर्याउने गरेका छन ।