दाहालसँगै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ

शिक्षा

काठमाडौं । 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रमकाबीच दाहालसँगै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले पनि पद तथा गोपनियताको सपथ दिएका छन् ।

दाहालसँगै उपप्रधानमन्त्रीहरु नाराणकाजी श्रेष्ठ,रवि लामिछाने र विष्णु पौडेलले पनि सपथ लिनु भएको हो । त्यसैगरी मन्त्रीहरुमा ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी र अब्दुल खान रहेका छन् । प्रधानमन्त्रीसहित माओवादीबाट २ जना, एमालेबाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना तथा जनमत पार्टीबाट १ जना मन्त्रीले सपथ लिएका हुन् ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर