बिबेक भण्डारी ।
चौथो देवचुली महोत्सवको माध्यमबाट देवचुली नगरपालिकाको आर्थिक,सामाजिक तथा पर्यटन प्रबद्धनका लागि आयोजना हुन लागेको महोत्सवकोे तयारी तिब्र पारिएको छ । आयोजक देवचुली उद्योग बाणिज्य संघका अनुसार माघ ५देखी १५ गतेसम्म देवचुली १७ रजहरस्थित वरचुली माविको खेल मैदान फारममा हुने महोत्सव सफल पार्न विभिन्न समिति, उपपसमिति निर्माण गरिएको जनाएको छ ।
महोत्सवका लागि हाल सम्म उद्घाटन लक्षित शोभायात्रा तथा झाँकी ब्यवस्थापनमा आमा समूहको संयोजन मिलाउन पार्वती आचार्यको संयोजकत्वमा उप–समिति निर्माण गरिएको देवचुली उद्योग वाणिज्य संघका महासचिव विनोद सिलवालले जानकारी गराउनुभयो । स्थानीय १५ आमा समूहका पदाधिकारीबीच भएको छलफलले महिला जागरण आमा समुहबाट आचार्य सहित १५ सदस्यीय समिति निर्माण गरेको महासचिव सिलवालको भनाइ छ ।

समितिको सह–संयोजकमा नेपाल सिर्जना आमा समुहबाट लक्ष्मी ढकाल र सचिवमा मिलिजुली आमा समूहबाट सुनिता लम्साल चुनिएका जनाईएको छ । आमा समूहलाई परिचालन र ब्यवस्थापन गर्न बनेको उपसमितिमा छुटेका समूहको समेत प्रतिनिधित्व हुने गरी आवश्यकता अनुसार उप समितिले सदस्य थप्न सक्नेछ । महोत्सव स्थल फारम चौरमा महोत्सव अवधिका लागि वनेको समितिलाई देवचुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं संघसंस्था समन्वय उप–समितिका संयोजक तेजप्रसाद न्यौपानेले महोत्सव सन्दर्भमा स्पष्ट पारेका थिए ।