देवचुली
देवचुली नगरपालिका वडा नं. ४ले जेष्ठ नागरिक सम्मान गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गर्दे वडा नं. ४को वडा कार्यलय भवनमा सम्मान कार्यक्रम संगै जेष्ठ नागरिकलाई न्यानो कपडा समेत प्रदान गरिएको सोहि वडाका वडा अध्यक्ष गिरबहादुर थापा(राम)ले जानकारी दिनुभयो ।
सम्मान तथा न्यानो कपडा प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले जेष्ठ नागरिकहरु समग्र वडाकै अभिभावक भएको हुदा उहाँहरुलाई सम्मान प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले यो वर्ष मात्र नभई अघिल्लो वर्ष पनि सम्मान गरिएको बताउनुभयो । वडाका ९६ वर्षीय ज्येष्ठ नागरिक तथा २०४९ का वडाध्यक्ष मित्र बहादुर दर्लामीको अध्यक्षता एवं वडा अध्यक्ष गिर बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरू , कार्यपालिका सदस्य , टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि सँगै ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।
वडामा जेष्ठ नागरिक सम्मानका लागि विनियोजित बजेट १ लाखबाट वडाका १ सय ५ जना ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा प्रदान गरिएको थियो । कार्यक्रमको सहजिकरण देवचुली नगरपालिकाका कार्यपालिका सदस्य विद्यबहादुर विकले गर्नुभएको थियो ।