https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

देवचुली महोत्सव : पर्यटन र कृषिलाई प्राथमिकता अध्यक्ष दवाडी ।

शिक्षा

बिबेक भण्डारी ।
यहि माघ ५ गते देखि १५ गते सम्म देवचुली १७ फारममा आयोजना हुने चौथो देवचुली महोत्सवमा कृषि र पर्यटनलाई प्रथमिकता दिने जनाइएको छ ।

देवचुली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सवमा स्थानिय कृषि प्रर्वद्धन साथै यसै क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने गरि स्थान प्रदान गर्ने उद्योग वाणिज्य संघ देवचुलीका अध्यक्ष सुर्य प्रसाद दवाडीले बताउनुभयो । ‘यहाँ पर्यटनको बढि सम्भावना छ, गैँडा नजिकै बाट देख्न सकिन्छ ।’ अध्यक्ष दवाडीले बताउनुभयो । देवचुली उद्योग बाणिज्य संघले हरेक वर्ष नगरका फरक फरक क्षेत्रमा महोत्सव आयोजना गर्दे आएको छ । सबै क्षेत्रको विषय वस्तु समेट्न र त्यहाको व्यवशायलाई बलियो बनाउन फरक फरक स्थानमा महतोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघले जनाएको छ ।

‘हामिले एकै स्थानमा महोत्सव राखेनौँ, किन भने सबै क्षेत्रको बजार उद्योग वाणिज्य संघले समेट्नु पर्छ, सबै क्षेत्रको कृषि,पर्यटन अवस्था पहिचान गर्नुपर्छ भन्ने उद्देश्यले नै हामिले अहिले देवचुली १७ फारममा आयोजना गरेका छौँ । ’ अध्यक्ष दवाडीले जानकारी दिनुभयो । आयोजक देवचुली उद्योग बाणिज्य संघका अनुसार माघ ५देखी १५ गतेसम्म देवचुली १७ रजहरस्थित वरचुली माविको खेल मैदान फारममा हुने महोत्सव सफल पार्न विभिन्न समिति, उपपसमिति निर्माण गरिएको जनाएको छ । महोत्सव सफल पार्न आयोजकले तयारी तिब्र पारेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर