चिसो प्रभावित क्षेत्रमा नवलपुर प्रशासनको अनुगमन, चिसोबाट बचाउन दाउरा वितरण

शिक्षा

बिबेक भण्डारी ।
बढ्दो चिसो मौसमका कारण मानव स्वास्थ्यमा पर्न सक्ने असरलाई न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यलयले चासो देखाएको छ ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे

जिल्ला प्रशासन , जिल्ला प्रहरी र इलाका प्रहरी अन्तरर्गतका विभिन्न क्षेत्रमा चिसो बाट प्रभावित हुन सक्ने जोखिमयुक्त बस्तीहरुको संयुक्त अनुगमन गरेको छ ।

चिसोबाट जोगिन जनतालाई प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीको आग्रह गर्दे ।

प्रशासनको टोलिद्धारा देवचुली नगरपालिका वडा नम्बर १६ का चिसो तथा सितलहर बाट प्रभावित हुन सक्ने बस्ती तथा समुदायमा नागरिकहरुसँग स्थलगत रुपमा भेटघाट तथा अन्तरक्रिया गरी चिसोबाट वच्न आगो ताप्ने प्रयोजनको लागी काठ दाउरा समेत वितरण गरेको छ ।

चिसोबाट प्रभावित हुन सक्ने जोखिमयुक्त बस्तीहरुको संयुक्त अनुगमामा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी र सशस्त्र प्रहरी निरीक्षक सहितको संयुक्त टोलीको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर