चिसो प्रभावित क्षेत्रमा आगो ताप्न एक सय बढि घर धुरीलाई उद्योगद्धारा दाउरा

शिक्षा

बिबेक भण्डारी ।
बढ्दो शितलहरका कारण चिसो बढेपछि प्रभावित क्षेत्रमा चौधरी उद्योग ग्राम दुम्कौलीले दाउरा वितरण गरेको छ । उद्योग ग्रामले अतिविपन्न एक सय बढि घर धुरी रहेको सिंगो बस्तीमा आगो ताप्न दाउरा प्रदान गरेको हो ।

चिसोबाट प्रभावित बस्तीमा दाउरा बाढ्दै

उद्योगको सामाजिक उत्तर दायित्व अन्तरर्गत आफ्नै क्षेत्र देवचुली वडा नं.२मा रहेको अति विपन्न समुदायमा दाउरा प्रदान गरेको उद्योगका महाप्रबन्धक रामकाजी सिटौलाले जानकारी दिए । ‘चिसो बढ्दो रहेको र उद्योगले आफ्नो सामाजिक उत्तर दायित्वमा रहेर प्रभावित बस्तीमा दाउरा प्रदान गरेका हौँ’ सिटौलाले भने । देवचुली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सरद घिमिरेले चौधरी उद्योगले समाजमा सामाजिक उत्तरदायित्व अन्तरर्गत रहेर गरेको कार्य सकारात्म भएको बताउदै शितलहरको समय भएकाले आगो ताप्ने,न्यानो लुगा लगाउने र शरिरको हेर बिचार गर्नुपर्ने बताए ।

चिसोबाट प्रभावित बस्तीमा दाउरा बाढ्दै

उद्योगका तर्फबाट उद्योग सिएसआरका गोविन्द रेग्मी, पुर्नबास टोल सुधार समितिका उपाध्यक्ष बलबहादुर विश्वकर्मा लगायतको सहभागितामा उद्योगले दाउरा प्रदान गरेको हो यो संगै उद्योगले सामाजिक उत्तर दायित्व अन्तरर्गत रहेर देवचुली नगरका विभिन्न क्षेत्रमा खानेपानी, बिजुली बत्ति, मन्दिर व्यवस्थापन, युवा क्लव लगायतमा आवस्यक सहयोग समेत प्रदान गर्दे आएको जानकारी गराएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर