देवचुली दुईको नागेश्वरीमा एक महिने धार्मिक कार्यक्रम आयोजना हुने

शिक्षा

बिबेक भण्डारी ।
नवलपुरको देवचुली नगरपालिका वडा नं.२मा रहेको श्री नागेश्वरी मन्दिरमा एक महिने श्री स्वस्थानी पुजन तथा धार्मिक कार्यक्रम आयोजना हुने भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवि पौडेलका अनुसार नागेश्वरी मन्दिरमा एक महिना सम्म पौष २२ गते देखि माघ शुक्ल पुर्णिमा सम्म धार्मिक कार्यक्रम आयोजना हुने जनाइएको छ । ‘श्री स्वस्थानी व्रत लिने भक्तजनहरुलाई लक्षीत गरेर हामिले एक महिना सम्म यसै मन्दिरमा धार्मिक कार्यक्रम आयोजना गर्दै छौँ’ अध्यक्ष पौडेलले बताए ।

धार्मिक कार्यक्रम अन्तरर्गत दैनिक श्री स्वस्थानि पाठ, भजन कृतन लगायतका कार्यक्रमहरु आयोजना गर्ने मन्दिर व्यवस्थापन समितिले बताएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर