स्कुल बसको ठक्करबाट ३ वर्षिय बालिकाको मृत्यु

शिक्षा

कावासोती, २६ पुस

नवलपुरको गैंडाकोटमा स्कुल बसको ठक्करबाट ३ वर्षिय बालिकाको घटना स्थलमा नै मृत्यु भएको छ ।

मंगलबार दिउसो १ बजेको समयमा गैंडाकोट १२ मतकरीको भित्रि सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको ग १ क २७५७ नम्बरको बसले ठक्कर दिदा बालिकाको घटना स्थलमा नै मृत्यु भएको हो । गैंडाकोटको सुर्यदय बोडिङ्ग स्कुलको बसले गैंडाकोट १२ मतकरी बस्ने वर्ष ३ को साइरा सुनि मगरलाई ठक्कर दिएको र उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक र सहचालक प्रहरी नियन्त्रणमा रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर