मकर सक्रान्ती : देवचुली दिव्यधाममा विहानै देखि भक्तजनको भिड

शिक्षा

बिबेक भण्डारी
हिन्दु धर्मावलम्बीहरुले आज देशैभर मकर संक्रान्ति पर्व मनाउँदैछन्। मकर संक्रान्तिका अवसरमा विभिन्न धार्मिक स्थल, नदी, जलासय तथा कुण्डहरुमा दर्शन तथा स्नान गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । यस्तै नवलपुर जिल्लाका विभिन्न धामहरुमा भक्तजनहरुको भिडलागेको छ ।

देवचुली नगरपालिका वडा नं.१मा रहेको दिव्यधाममा पनि यस वर्षको माघे संक्रान्ति स्नान तथा पुजापाठ गर्न भक्तजनहरुको घुइचो लागेको थियो । नारायणि नदी नजिक भएकाले स्नान र पुजापाठ गर्न आउनेको संख्या बढेको हो ।

कावासोतीको पिठौली, बाघखोर लगायतका क्षेत्रमा पनि माघे संक्रान्तिको पुजापाठ तथा स्नान गर्न भक्तजनहरुको विहानै देखि भिडलागेको थियो । स्नान गरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास रहेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर