बिबेक भण्डारी
सडककै कारण जनताले दुख पाउने र ज्यान गुमाउने समस्याको अन्त्यमा आफु लाग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन । मंगलवार बुटवल नारायणगढ सडक आयोजनाको निरिक्षण गर्न नवलपुर आएका मन्त्री श्रेष्ठले सडककै कारण जनताले सास्ती खेप्नु दुखद् विषय भएको भन्दै सडक निर्माणमा अझै तारुकता देखाउन चाइना कन्ट्रक्सनलाई निर्देशन दिनुभएको छ । उहाँले नवलपुरको गैडाकोट, रजहर, दुम्कौली र डण्डा सम्मको निर्माणधिन सडकको निरिक्षण गर्नुभएको हो । निरिक्षणका क्रममा मन्त्री श्रेष्ठले देवचुली नगरपालिका चौधरी उद्योग ग्राम अगाढि निर्माणमा ढिलाई भएको सडकको बारेमा समेत चासो लिनुभएको थियो । मन्त्री श्रेष्ठ सडकबाट करिव पाचँसय मिटर पैदल हिडेर सडक आयोजनाले गरेको कामको अनुगमन गर्नुभएको थियो ।
निर्माणको कार्य समयमा हुन नसकेको जनता गुनासोलाई सम्बोधन गर्दे निर्माण कम्पनिलाई तत्काल निर्माणमा तदारुकता प्रदान गर्न निर्देशन समेत दिनुभयो । यस्तै मन्त्री श्रेष्ठले जनतालाई दुख दिने काम अब सरकारले सहन नसक्ने भन्दै जनताको सास्ती अब सरकारको सास्ती भएको बताउनुभयो ।
नवलपुर आएका मन्त्री श्रेष्ठले नवलपुरमा रहेका ठुला उद्योगहरुले वातावरणमा ध्यान नदिएको र अब यस विषयमा जनताको गुनासो आउन नहुने बताउनुभयो । मन्त्री श्रेष्ठले दिनभर नवलपुरमा रहेका सडक र विकास आयोजनाको अनुगमन तथा निरिक्षण गर्नुभएको थियो ।