देवचुली नगरपालिकामा संञ्चालित चाैथाे देवचुली महाेत्सवमा रहेका खाद्य स्टलमा विहिवार अनुगमन गरिएकाे छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय दमाैलीकाे आयोजना र देवचुली नगरपालिकाकाे समन्वयमा गरिएकाे अनुगमनका क्रममा केही हाेटल तथा खाद्य स्टलहरुमा खाने तेलकाे गुणस्तर न्यून रहेकाे पाईएकाे खाद्य तथा गुण नियन्त्रण कार्यलय दमाैलीकि खाद्य निरिक्षक बन्धना पन्तले जानकारि दिनुभयाे । पन्तका अनुसार महाेत्सव परिसर भित्र रहेका १० भन्दा बढि हाेटल तथा खाद्यन्न स्टलमा अनुगमन गरेकाे बताउनुभयाे । उहाले अनुगमनका क्रममा केही हाेटलहरुबाट पुन प्रयाेगका लागि राखिएकाे बासि तेल पदार्थ नष्ट गरेकाे बताउनुभयाे । “मेला महाेत्सवमा उपभाेक्ताहरुकाे चाप बढि हुने र उनिहरुलाई स्वस्च्छ खाद्यन्न प्रयाेग गर्ने अधिकार रहेकाे र संगै यस्ता मेला महाेत्सवमा खाद्यन्न गुणस्तरमा ध्यान पनि नदिने हुदा अनुगमन गरेका हाे” पन्तले बताउनुभयाे । यस्तै अनुगमनमा देवचुली नगरपालिकाकाे तर्फबाट शिव सापकाेटा रहनुभएकाे थियाे ।

उहाका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय दमाैलीले अनुगन गर्ने र नगरपालिकाले समन्वय गर्ने गरि अनुगमन गरिएकाे बताउनुभयाे । अनुगमनमा खटिएका सापकाेटाले अनुगमनका क्रममा धेरै जसाे हाेटलहरुमा गुणस्तर हिन खाद्यन्न फेला नपरेकाे भए पनि केही हाेटलमा
भने खाने तेल पुन प्रयाेग गर्ने गरेकाे पाईएकाे र त्यस्काे नष्ट गरेकाे बताउनुभयाे , अनुगमनमा महाेत्सव आयोजक देवचुली उद्याेग वाणिज्य संघका प्रतिनिधि, इलाका प्रहरी कार्यलय रजहरका प्रहरी लगायतकाे उपस्थितिमा अनुगमन भएकाे हाे