बिबेक भण्डारी ।
मंगलवारबाट नवलपुरको देवचुलीमा तेस्रो मेयर नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन उद्घाट कार्यक्रममा बाजागाजा बजाएर मेयर हरिप्रसाद न्यौपाने सहित आमन्त्रीत अतिथिहरुलाई भव्य स्वागत गरियो तर तेस्रो मेयर नकआउट फुटवल प्रतियोगितामा भने अतिथि बाहेक कसैको सहभागिता थिएन । मञ्चमा ३१ जना अतिथि र चउरमा देवचुली माध्यमिक विद्यालयका विद्यार्थीबाहेक एकाध बाहेक कोहि देखिएका थिएन । देवचुली नगर खेलकुद समितिको आयोजनामा संञ्चालित उक्त फुटबल प्रतियोगितामा सहआयोजकको रुपमा जनकल्याण सामाजिक विकास केन्द्र(फिर्के) सहआयोजकको रुपमा रहेको थियो ।
देवचुली मेयरकपको यस अघिको अवस्था हेर्ने हो भने प्रथम देवचुली मेयर कप २०७५मा सुरु भएको थियो । उक्त मेयर कपमा कार्यक्रममा आउने दर्शक तथा स्थानियहरुको सहभागिता उल्लेखनीय थियो । यस्तै दोस्रो मेयर कप २०७७ चैत्र २९ गते युवा तथा खेलकुद विकास समितिको आयोजना र फारम खेलकुद विकास समितिको सह आयोजनामा वरचुली मा. वि. को खेलमैदान भएको थियो उक्त मेयर कप उद्घाटन कार्यक्रममा पनि दर्शकहरु र स्थानियको सहभागिता भव्य रहेको थियो । तर मंगलवारबाट देवचुली माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको मेयर कपमा भने अतिथि, खेलखेल्न आएका खेलाडी र विद्यार्थीले मात्र कार्यक्रमको शोभा बढाएका थिए । आयोजित कार्यक्रममा मेयर हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । मेयर कपमा मेयर र अन्यको सम्बोधन समेत सुन्ने व्यक्तिहरु नहुदा प्रमुख अतिथि रहेका मेयर न्यौपानेले पनि स्थानिय समाजसेवी, समुह,युवा क्लव लगायतलाई जानकारी नभएको हो वा अन्य के कारणले हो मेयर कप कार्यक्रममा उल्लेखनीय सहभागिता नदेखिएको भन्दै आफुले समिक्षा गर्ने कार्यक्रमकै दौरानका भने ।
मेयर न्यौपानेले मात्र होइन नगर खेलकुद विकास समितिका अध्यक्ष सुबास ओझाले समेत कार्यक्रममा कसैको उपस्थीत नदेखेपछि आफुहरुले देवचुली वडा नं.१६र १७का आमा समुह र युवा क्लवहरुलाई पत्र पठाएको भए पनि कार्यक्रममा भने उपस्थीत नभएको कार्यक्रमकै दौरानमा भने । अध्यक्ष ओझाले देवचुलीमा रहेका केहि मिडियाहरुबाट र माइकिङ्ग गर्दा समेत उद्घाट कार्यक्रममा उपस्थीत नरहेको स्वीकार गरे ।
देवचुली नगरपालिकाको कार्यलयले खेलकुदको विकासका लागि र यहाँ रहेका खेलाडिहरुलाई अवसर मिलोस भन्नका लागि खेलकुदका विभिन्न शिर्षकमा नगर खेलकुद विकास समितिलाई करिव १५ लाख रुपैया विनियोजन गरेको छ । त्यस मध्य मेयर कपमा करिव तीन लाख रुपैया खर्च लाग्ने र सोही अनुसार सहआयोजक फिर्केलाई प्रदान गर्ने अध्यक्ष सुवास ओझाले जानकारी दिए । मेयर कपमा स्थानियको सहभागिता उल्लेखनीय बनाउन आयोजकले अटोमा माइकिङ्ग समेत गरेको थियो ।
तर नगरको महत्वपूर्ण खेलको उद्घाटनमा सहभागिता न्युन हुनुले नगरकै खेलकुद व्यवस्थापनमा प्रश्न उब्जने देखिन्छ । मेयर कपका लागि राष्ट्रीय रुपमा नै यसलाई प्राथमिकता दिएको छ र सोहि बमोजिम मेयर कपका लागि आर्थिक विनियोज गरेको छ । मेयर कप के हो र यसले के हुन्छ भन्ने कुराको जानकार सबै हुन आवस्यक र खेलकुदको विकास र खेलाडीको हौसला प्रदान गर्न राज्यले नै यसलाई विशेष रुपमा हेरेको नगरमा भएको खेलको बारेमा नगरबासी जानकार हुन आवस्यक नै छ । आगामि दिनमा यस्ता विषयमा विशेष ध्यान दिएर अघि बढ्न आवस्यक छ ।