बिबेक भण्डारी ।
देवचुली वडा नं.२मा कार्यलय सचिव नहुदा कामकाजमा समस्या भएको पाइएको छ । नगरको उक्त वडामा विगत ६ महिना देखि सचिव नभएको बुझिएको छ ।
वडामा सचिव नहुदा उक्त वडाका वडा अध्यक्ष शरदप्रसाद घिमिरेले सामाजिक संञ्जालमै सचिव अभाव हुदा समस्या भएको बताए । अध्यक्ष घिमिरेले सामाजिक संञ्जालमा यस्तो लेखेका छन ।
‘म शरद घिमिरे देवचुली नपा वडा नं २ को वडा अध्यक्ष मैले देवचुली नपा वडा न २का स्थानीय वासिन्दा ज्यूहरुको वडा कार्यालयबाट दिइने सेवामा केहि असहजताका कारण वडा प्रति गुनासो रहेको हामीले बुझेका छौं । देनपा २ को वडा कार्यलयमा घटना दर्ता लगायत कतिपय काम नहुनुमा हाम्रो वडामा विगत ६महिना देखि वडा सचिव नभएर हो । के कति मनसाले हो देवचुली नगरपालिकाले हाम्रो वडामा सचिव पठाएको छैन । मेरो कमजोरी भनु वा के भनु म भित्रको मानब याने ब्रम्हले मलाइ चाकरी चाप्लुसी गर्न दिदैन र जालझेलका कुरा गरेर अनियमितता र भ्रष्टाचार गर्न पनि दिदैन।मेरो कामको शिलशिलामा कंहि कतै कमजोरी भएको भए त्यो मेरो नियत होइन मानविय कमजोरीका कारण अज्ञानता वा भुल भयो होला त्यसको लागी म क्षमा प्रारर्थि छु । म लहैलहैमा विधि पद्दती मिचेर काम गर्ने तपसिलका मानिसहरुको साक्षिको रोहवरको वडा अध्यक्ष भएर बस्नु पर्छ भने वडा अध्यक्षको पद मेरा लागी घांडो हुन्छ।यो घांडोको लागी वडवासी संग छलफल गरेर उचित टाइममा उचित निर्णयमा पुग्ने छु।’

अहिले वडामा घटना दर्ता लगायतका कार्यहरु सहज रुपमा वडाबासिहरुले लिन सकेका छैनन् ।