बिबेक भण्डारी ।
नवलपुरको देवचुली नगरपालिका वडा नं.१६ मा कवड हल सहितको जिम हल निर्माण गर्न देवचुली नगरपालिकाले चासो देखाएको छ ।
युवाहरुका लागि खेलकुद आवस्यक रहेको बताउदै नगरको वडा नं.१६मा कवडहल भवन निर्माणका लागि योजना अघि सारेको छ । योजना अनुसार नगरपालिकाको टोलिले रहजरमा रहको शिवालय मन्दिर अगाढीको चौरमा डिपिआर सर्वे समेत गरेको छ ।
रजहरमा कवड हल तथा जिम हल निर्माण हुने देखिए पछि त्यहा रहेका युवा तथा खेलाडिहरु उत्साहित देखिएका छन ।