रजहरको प्राकृतिक चिकित्सालय देशकै गौरव हो : सासंद जिसी

शिक्षा

बिबेक भण्डारी ।
सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको ११औँ वार्षिक साधारण सभा कार्यक्रम शनिवार सम्पन्न भएको छ । चिकित्सालयको परिसरमा आयोजना गरिएको साधारण सभा कार्यक्रममा प्रदेशसभा सांसद महेन्द्र ध्वज जिसीको प्रमुख आतिथ्यता रहेको थियो । चिकित्सालयको ११औँ साधारण सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले सामुदायिक प्राकृतीक चिकित्सालय देशकै गौरवको रुपमा स्थापित भएको बताउनुभयो ।

उहाँले औषधि बिनानै विरामी निको हुने एक मात्र थलो प्राकृतीक पद्धती रहेको र यो पद्धती हाम्रो देवचुलीमा रहेको हुदा देशकै गौरवको विषय भएको बताए । ‘औषधि बिनानै उपचार हुने, निको भएर गएकाहरु स्वस्थ्य र भुर्तिलो हुने यस्तो अस्पताल हाम्रो नगरमा छ यो गौरवको विषय हो’ सासंद जिसीले भने । प्रमुख अतिथि रहेका सासंद जिसीले प्राकृतीक चिकित्सालयले शिक्षण अस्पतालको रुपमा विकास गर्ने योजनालाई सरकारले चाडो प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा, देवचुली नगरपालिकाका नगर प्रमुख हरी न्यौपाने, नगरका प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनी, राजनितीकदलका प्रमुख एवं प्रतिनिधि लगायतको विशेष आतिथ्यता रहेको थियो । यस्तै चिकित्सालयको आर्थिक एवं प्रगतिविवरण चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रमको सहजिकरण चिकित्सालयका सचिव प्रदिपराज घिमिरेले गरेका थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर