शाश्वतधाममा विविध धार्मिक कार्यक्रम

शिक्षा

बिबेक भण्डारी ।
महाशिवरात्री पर्व देश भरका शिवालय मन्दिरमा विहानै देखि भक्तजनहरुको घुइचो लागेको छ । शिवको दिनको रुपमका लिएको आजको दिनमा शिवलाई प्रसन्न पार्न शिवालयमा पुजापाठ चलि रहेको छ ।

यस्तै नवलपुरमा रहेका विभिन्न शिवालयहरुमा पनि महाशिवरात्री पुजन तथा विविध कार्यक्रमहरु आयोजना गरिएको छ । जिल्लाको देवचुली नगरपालिका वडा नं.२मा रहेको सिजी शाश्वत धाम पनि विविध कार्यक्रम आयोजना गरिएको छ । धामका अशोक घर्तीका अनुसार शिवरात्रीको अवसरमा शाश्वतधाममा झण्डा उत्तलन तथा एकाम्बेश्वर महादेवको विशेष पुजा आयोजना गरिएको बताए ।

शाश्वतधाममा आयोजना गरिएको विविध धार्मिक कार्यक्रममा प्रतिनिधिसभाका सासंद बिनोद चौधरी, नवलपरासी सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुख भुवनेश्वर तिवारी, देवचुली नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रामचन्द्र धितालले गरेका थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर