अव्यवस्थित जग्गाको नाप जाँचका लागि देवचुलीमा नियन्त्रण विन्दु स्थापना

शिक्षा

सावित्री रेग्मी
भुमिहीन तथा अव्यवस्थित जग्गाको नाप जाँचका लागि देवचुलीमा नियन्त्रण विन्दु स्थापना सुरु गरिएको छ । सोमवार देवचुली नगरपालिका नगर कार्यपालिकाले एक कार्यक्रमको आयोजना गरि उक्त कार्यको सुरुवात गरेका हो । देवचुली नगरपालिका नगर प्रमुख हरि प्रसाद न्यौपाने, उपमेयर पार्वता तिवारी नगरका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मरासिनी, देवचुली नगरपालिकाका विभिन्न वडाका अध्यक्ष लगायतको सहभागितामा नियन्त्रण विन्द स्थापना गरिएको हो । उक्त कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले भुमिहीनलाई जग्गाको मालिक बनाउने चाहना आफुहरुको रहेको र त्यसमा नगरपालिका लागि परेको बताए । उनका अनुसार नगरपालिकाले जग्गा पुर्जा वितरण चाडै होस भन्ने चाहे पनि स्थायि सरकार नहुदा काम गर्न समस्या भएको बताए ।

यस्तै कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारीले जनताले आफैमा जागरुक भएका कारण अव्यवस्थित जग्गाको व्यवस्थापना कहिले गर्ने भन्ने व्यक्ति गतरुपमा प्रश्न आउने गरेको बताउदै आफुहरु यो विषयमा लागि परेको बताइन । उनका अनुसार जग्गाको विषयमा कार्य गर्न नगरपालिकाले सात जनता कर्मचारिहरु खटाएर कार्य गरेको र यस जग्गाको विषयलाई चाडै समाधान तर्फ लैजाने प्रयासमा नगरपालिका रहेको बताइन ।

देवचुली नगरपालिका वडा नं.चारका वडा अध्यक्ष गिरबहादुर थापा रामले वडाले भुमिहीनलाई जग्गा उपलब्ध गराउन विभिन्न कार्यहरु गरेको भए पनि सरकार परिवर्तन पिच्छे भुमि आयोगका समिति परिवर्तन हुदा काम गर्न असरहज भएको बताए ।

नगरपालिकाको कार्यपालिकाले गरेको नियन्त्रण विन्दु स्थापनाले भुमिहीन रहेका जनतामा उत्साह छाएको भए पनि विश्वास भने अझ मानेका छ्रनन् । देवचुली चारका एक स्थानियका अनुसार नगरपालिकाले गरेको कामले उत्साह छाएको छ तर विश्वास भने हातमा पुर्जा परे पछि मात्र गर्न सकिने बताए । देवचुली नगरपालिकामा मात्र करिव ४५ सयको हाराहारीमा पुर्जा विहिन रहेका छन । आयोजित कार्यक्रमको सहजिकरण राजन पौडेलले गरेका थिए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर