चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच सम्झौताले उत्साहित छौ : स्थानीय

शिक्षा


बिबेक भण्डारी ।
चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नतिगर्नेबारे सम्झौताभएको छ । मंगलबार एक कार्यक्रमकाबीच नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकावडा नं. २ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रुपमा विस्तार गर्न चौधरी फाउण्डेसनले सहकार्य गर्न लागेको हो ।

फाउण्डेसन र अस्पतालबीच भएको सम्झौतापत्रमा अस्पतालमा सहज र झन्झटमुक्त आपतकालीन र अन्य सेवाहरू सुनिश्चित गर्ने प्रतिवद्धता जनाइएको छ । सातवटा क्षेत्रमा अस्पतालको स्तरोन्नतिका काम हुनेछन्, जसबाट विरामीहरुले स्थानीय तहमै भरपर्दाे सेवा पाउनेछन् । अस्पतालमा २४ सै घण्टा ल्याब सुविधा उपलब्ध गराउने, शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना गर्ने, २४ सैं घन्टा आपतकालीन सेवाहरूको सुनिश्चितता गरिने अस्पताल र फाउण्डेसनबीचको सम्झौतापत्रमा उल्लेख छ । ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, हातखुट्टा सेवा उपलब्ध गराउने र आगामी ४ वर्षभित्र अस्पताललाई आत्मनिर्भर बनाउने दुई पक्षबीच समझदारी भएको छ । फाउण्डेसन र अस्पतालबीच भएको सम्झौताले स्थानियह उत्साहित बनेका छन ।

स्थानिय समाज सेवि लक्ष्मण घिमिरेका अनुसार सम्झौतामा अब स्थानियहरुले स्थानीय तहमा भरपर्दो उपचार सेवा प्रदान गर्ने भनि उल्लेख भएको विषयले उत्साहित भएको बताए । उनले जिल्लामा सामान्य उपचार समेत नपाउदा जिल्लाको पृथ्वीचन्द्र अस्पताल वा चितवन र काठमाण्डौ जानुपर्ने बाध्यता छ । यो बाध्यता हताउन चौधरी फाउण्डेसन पनि लागेको देख्दा स्थानिय सबै हर्षित भएको बताए । ‘ सम्झौतामा अगामी चार वर्षमा अस्पताललाई आत्मनिर्भर समझदारी भएको छ यो त अझ राम्रो विषय हो’ स्थानिय घिमिरेले भने । सम्झौता कार्यक्रममा नवलपरासी क्षेत्र नं.१का प्रतिनिधिसभा सदस्य सासंद बिनोद चौधरीको समेत उपस्थीति रहेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर