नगरपालिकाको आसमा भुमीहिन  जनता, आखाँमा छारो नहालोस्

शिक्षा

बिबेक भण्डारी ।
केहि दिन अघि नवलपुरको देवचुली नगरपालिका वडा नं.चारमा जग्गा नापँ कार्यको सुरु गरियो । भुमिहीन तथा अव्यवस्थित जग्गाको नाप जाँचका लागि सोहि वडाबाट नियन्त्रण विन्दु स्थापना समेत गरिएको छ । अहिले सोही वडाका विभिन्न स्थानमा प्राविधिक सहितको टोलिले जमिनको नापँ लिइ रहेको छ ।

जग्गा नाप्न आउनेहरु प्रविधि सहित नापँजाचँमा लागेका छन । उनका पछिपछि जमिन जोतभोग गर्दे आएका स्थानिउहरु अघिपछि हिडेका छन । स्थानियहरु जमिन नाप गर्दे गर्दा अब पुर्जा पाइने भयो भनि आस गरेका छन । करिव ५२ वर्ष देखि पुर्जाको आसमा बसेका देवचुली चारका स्थानियहरुलाई विभिन्न बाहानामा आस देखाइरहेको छ । तर उनिहरुले सोचे अनुसारको पुर्जा भने कहिल्लै हात परेको छैन । अहिले नगरपालिकाले सुरु गरेको यो कार्यमा पनि स्थानियहरु त्यति ढुक्क भने छैनन् । उनिहरुले वषौँ देखि गरेको आस हाल सम्म सरकारले सुनेको छैन । स्थानियतहको निर्माण र स्थानिय तहमा आएका पहिलो जनप्रतिनिधिहरुले पनि जमिनको जोतभोग गर्नेलाई मालिक बनाइने छ तर नयाँ जनप्रतिनिधि नयाँ भएर गइ सके पनि आस भने नयाँ आउनेले पनि बाँडी रहेका छन । सोहि वडाका स्थानिय बमबहादुर मगरले नगरपालिकाले नापँजाचँ सुरु गरेको निकै राम्रो भए पनि जनतालाई आँखाको छारो नहोला पनि भन्न सकिदैन । ‘जग्गा दिन्छु, दिन्छु भन्ने धेरै आए, तर अहि सम्म खोइ कस्ले दियो ?, हामिलाई खालि आस मात्र दिएका छन’ उन्ले भने ।

बमबहादुर मगर मात्र होइन उनी जस्ता धेरैको समस्या यहि छ, । जमिन भएर पनि उच्च शिक्षा अध्धयन गर्न विदेश जान नपाएका बालबालिकाहरु, राम्रो व्यवशाय गर्छु भन्नेहरुले व्यवस्थीत व्यवशाय गर्न नपाएकाहरु लगायत धेरैको समस्या छ । तर नगरपालिकाले भने आसमाथि आस थपेको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर