देवचुलि
ए डिभिजन लिग खेलका लागि सात दोबाटो युथ क्लबलाई सागर डिस्टिलरी प्रालिको उत्पादन (रोयल ब्लु)ले मुख्य प्रायोजन गर्ने भएको छ ।सात दोवाटो क्लब र कम्पनि बीच विहिवार सम्झौता भएको हो । सम्झौता भए अनुसार यस क्लबको नाम ‘रोयल ब्लु सातदोबाटो युथ क्लब’ रहने जनाईएको छ ।
रोयल ब्लुले क्लबलाई जर्सी, खेल मैदान, क्लबका विभिन्न कार्यक्रममा प्रचारात्मक सामाग्रिहरु समेत सहयोग गर्ने कम्पनिका व्रान्ड प्रमुख रितिक शाहिले जानकारि गराए ।
लिगको तयारी अन्तिम चरणमा पुगेको र यो सम्झौता सङ्गै आसन्न लिग फुटवल प्रतियोगितामा क्लब लाई राम्रो नतिजा निकाल्न थप उर्जा र हौसला मिलेको क्लवका महासचिव सुनिल विष्टले जानकारी गराए ।