नेपाल कारखाना श्रमिक संघ नवलपुरको अध्यक्षमा चुडामणी महतो

शिक्षा

बिबेक भण्डारी

नेपाल कारखाना श्रमिक संघ नवलपुरको दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । जिल्लाको देवचुली नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि दोस्रो अधिवेशन आयोजना गरिएको थियो । आयोजित कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष ललित श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका श्रेष्ठले श्रमिकको अधिकारलाई कसैले बाध्न नहुने बताउनुभयो । श्रम र श्रमिकको मुल्याङ्कन र उनिहरुको अधिकारका विषयमा आवाज उठाउनु पर्ने बताउनुभयो । राज्यले श्रमिकको पक्षमा रहेर गरेको कार्य सन्तोषजनक नरहेको बताउदै आगामि दिनमा श्रमिकको पक्षमा राज्य उभिनुपर्नेमा जोड दिनुभयो । श्रमिकले श्रम गरे अनुसारको पारिश्रमिक र सम्मान कारखानाले गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष इन्द्रबहादुर महतो, नेपाल ट्रेड युनियन जिल्ला अध्यक्ष गंगाधर सुबेदी, चिनराज महतो,सविता रेग्मी लगायतले श्रमिकको पक्षमा सरकार गम्भिर हुनुपर्ने बताएका थिए । नेपाल कारखाना श्रमिक संघ नवलपुरको दोस्रो अधिवेशन कार्यक्रमको अध्यक्षता टंक पौडेलले गर्नुभएको थियो ।

श्रमिक संघ नवलपुरको अध्यक्षमा चुडामणी
यस्तै आजै कारखाना श्रमिक संघले जिल्ला समिति चयन गरेको छ । संघको जिल्ला अध्यक्षमा चुडामणी महतो चुनिएका छन । उपाध्यक्षमा यदु सापकोटा, महिला उपाध्यक्षमा सिता शर्मा, सचिवमा माधव आचार्य, सहसचिवमा श्यामबहादुर सार्की चयन भएका छन । यस्तै कोषाध्यक्षमा तिलक काफ्ले सहित छ जना सदस्य चयन भएका छन ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर