बिबेक भण्डारी ।
देवचुली नगरपालिका वडा नं.२मा शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको रजत वर्षको अवसरमा संस्थाले रजत कार्यक्रम अन्तरर्गत देवचुली नगरपालिका वडा नं.२को शाखा कार्यलय अगाढि रक्तदान कार्यक्रम गरेको हो ।

उद्घाटन कार्यक्रममा देवचुली नगरपालिका वडा नं.२का वडा अध्यक्ष शरदप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका घिमिरेले रक्तदान कार्यक्रम मानव प्राण रक्षा गर्ने आधारहरु मध्ये एक भएको कारण यो महत्वपूर्ण रहेको बताए । अन्य सरसहयोगको भुमिका भन्दा रक्तदानको भुमिका बलियो रहेको कार्यक्रममा बताए ।

आयोजित कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी नवलपुरका उपसभापति डिल्लीराम कडरीया, प्रगतिनगर रेडक्रस सभापति देवेद्र शर्मा लगायतको विशेष आतिथ्यता रहेको थियो । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था दिव्यपुरी सेवा केन्द्रका संयोजक विनोद सिलवालको अध्यक्षतामा रक्तदान कार्यक्रमको उद्घाट गरिएको हो । आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रगत दान गरेका थिए ।
