नवलपुरमा क्षयरोग विरामिको उपचारमा अझै समस्या छ : चिकित्सक

शिक्षा

बिबेक भण्डारी ।
नवलपुर जिल्लमा क्षयरोगका विरामीको संख्या बढ्दो नभए पनि उपचारमा भने चुनौती रहेको चिकित्सकहरुले बताएका छन ।

विश्व क्षयरोगको अवसरमा जिल्ला स्वास्थ्य कार्यलय नवलपुरले गरेको अन्तरक्रियामा गत आर्थिक वर्षको तुलनामा यो वर्ष क्षयरोगका विरामीको संख्या बढेको छैन तर औषधि सेवन गरेर निको नभएकाहरुलाई नियमित आवासीयरुपमा राखेर औषधि खुवाउन तथा क्षयरोगका विरामीहरुको खकार परिक्षणका लागि पोखरा पुर्याउनुपर्ने हुदा समस्या भएको मध्यबिन्दु जिल्ला अस्पता क्षय रोग विभाग ल्याब असिस्टेन दिल्लीराम तिवारीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा क्षय रोग विरामीका लागि डाइगोनेसीस गर्ने काटेजको चरम अभाव रहेको जानकारी गराउनुभयो ।

अहिले डाइगोनेसीस गर्ने काटेजको अभावका कारण विरामीहरुको डाइगोनेसीस हुन सकेको छैन । तिवारीका अनुसार राष्ट्रिय क्षयरोग केन्द्र र प्रदेश सरकारले क्षयरोगका लागि आवस्यक बजेट प्रदान गर्न नसक्दा आर्थिक समस्या पनि रहेको बताउनुभयो ।
नवलपुर जिल्लामा हाल सम्म ५सय२९ जनामा क्षय रोग देखिएको जनाइएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर