बिबेक भण्डारी ।
नवलपुरको मौलाकालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भिड बढेको छ ।

चैते दशैं अवसरमा नवलपुरको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको मन्दिरमा दैनिक एक हजार भन्दा बढि भक्तजनहरु आउने गरेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कालिका मन्दिरमा अहिले नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजन दर्शनका लागि आएका छन् । वडा दशैं र चैतेदशैंको नवरात्रमा ठूलो भीड लाग्ने गर्दछ ।

पन्ध्रौ शताब्दीको अन्त्यतिर पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकडी राखी देवघाटधाममा चक्रवर्ती शीला स्थापनासहित तीर्थबास गरेको र सैनिक टुकडीलाई शक्ति आरधनाका लागि मौलो गाडी पीठका रुपमा पूजा गर्ने गरेको इतिहासमा उल्लेख भएकाले विसं २०३२ देखि यहाँ पूजा–पाठ नियमित गर्न थालिएको हो ।