बिबेक भण्डारी ।
आफ्नो मौलिक संस्कृति लोप हुन थाले पछि नवलपुरका मगर समुदायका युवाहरु संरक्षणमा लागेका छन । परम्परागत रुपमा रहेको मगर समुुदायको सबै भन्दा महत्वपूुर्ण कौरा नाच लोप हुुन थाले पछि यसको जगेर्ना तथा आउने पुस्तालाई संस्कृतिबारे जानकारी गराउन अहिले मगर समुदायका युुवाहरु अघि सरेका छन । मगर संस्कृति झल्कने कौरा नाच परापुर्व समय देखि नै चल्दै आएको छ । तर अहिले विदेशी संस्कृति भित्रन थाले पछि मगर समुदायका बालबालकाहरु कौरा नृत्य प्रति बेखर छन । मगरहरु समुदायबाटै आफ्नो मौलिक संस्कृति लोप हुुन्छ कि भन्ने चिन्ताले पनि यसको संरक्षण र जगेर्ना गर्दै कौरा नाच प्रति आर्कषण बढाउन बिशेष गरि युुवाहरु लागि परेका छन ।
नवलपुर जिल्लाको बुुलिगंटार,बौदीकाली,हुुप्सेकोट,बिनयीत्रिबेणी गाउँपालिकमा मगर जातीको बाक्लो बस्ती रहेको छ यो जिल्लामा बाहुुन ,क्षेत्री संगसंगै मगरको बाहुुल्यता रहेको समेत रहेको छ । यहाँको समाजमा कौरा ,झाम्रे,मारुनी नाच मगरहरुको बिशेष नाचका रुपमा लिईने गरिन्छ तर झाम्रे र मारुनी नाच भन्दा पनि कौरा नाच बढि प्रचलनमा आएकाले मगर बस्तीमा यसको महत्व बढि रहेको पाईन्छ । बिस्तारै बालबालिकाहरु आफ्नो संस्कृति बिसर्दे गएको अवस्ता रहेको र यसको संरक्षण कसरी गराउने भन्ने जानकारी बालबालिकामा गराउन आवस्यक रहेको बुलिगटार४ का मेत्र बहादुुर घर्ती मगर बताउनुहुन्छ ।
अहिले पहाडी क्षेत्रका बिशेष गरि युुवाहरु कौरा नाच को संरक्षणका लागि जुुटेका छन भने यसका लागि कोष नै खडा गरेर हरेक गाउँ गाउँमा नाच गान गरेर यसको दिगो संरक्षणका लागि लागेको स्थानीय यमकला सारु मगर बताउनुुहुुन्छ ।
मगर समुदायको कौरा नाच र यो संग सम्बन्धित संस्कृति लोप हुनु एउटा उदाहरण मात्र हो । नेपालमा रहेका अझै यस्ता जाती छन उनिहरुको संस्कृति संकटमा परेको छ ।