बिबेक भण्डारी ।
नवलपुरको देवचुली नगरपालिका वडा नं.२मा रहेको चौधरी उद्योगमा २ दिवसीय स्वास्थ्य शिविर सुरु भएको छ । बुधवार उद्योग परिसरमा एक कार्यक्रमको आयोजना गर्दे उक्त शिविर संञ्चालन भएको हो ।

आयोजित स्वास्थ्य शिविर कार्यक्रममा उद्योगका वरिष्ठ महाप्रबन्धक मधुसुधन ज्ञवालीको प्रमुख आतिथ्यतामा शिविर उद्घाट गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीलले अहिले अवस्था स्वास्थ हुन पाउनु पर्ने र स्वस्थ हुनुपनि पर्ने हुदा उद्योगमा काम गर्ने सम्पूर्ण कामदारको स्वास्थ्य परिक्षण आवस्यक रहेकोले यो शिविर संञ्चालन गरिएको जानकारी दिए ।

शिविरमा उद्योगका जिएम खण्डप्रसाद पौडेल, चितवन पुरानो मेडिकल कलेजका प्रतिनिधि लगायतको सहभागितामा स्वास्थ्य शिविर उद्घाटन गरिएको हो । प्रशासनिक प्रमुख पदमबहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममलाई समापन गर्दे सिंहले समयसमयमा स्वास्थ्य परिक्षण संगै आफ्नो स्वास्थ्य अवस्थाको बारेमा समेत चासो राख्नुपर्नेमा जोड दिनुभयो ।

पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा आयोजित शिविर उद्घाट कार्यक्रमको सहजिकरण सीजी मेडिकेयरका प्रमुख सागर बस्ताकोटीले गरेका थिए । शिविरको पहिलो दिन ३ सय बढिले सेवा लिएका छन । शिविरमा इसिजी,मधुमेह लगायत रोगहरुको परिक्षण गरिएको हो ।