उद्योग मै स्वास्थ्य शिविर, एक हजार बढि मजदुर लाभान्वीत

शिक्षा

देवचुली
नवलपुरको देवचुली नगरपालिका वडा नं. २ चौधरी उद्योगमा संञ्चालन भएको २ दिने स्वास्थ्य शिविर सकिएको छ । आयोजित शिविरबाट एक हजार बढिले स्वास्थ्य परिक्षण तथा स्वास्थ्य परामर्श लिएका छन् ।

स्वास्थ्य शिविर समापन गर्दे सिजि मेडिकेयरका प्रमुख सागर बस्ताकोटीले उद्योगमा कार्यरत कर्मचारीहरु स्वास्थ्य अवस्थाबारे जानकार रहन र कामदारहरुलाई पनि स्वास्थ्य परिक्षण गराइ रहनुपर्छ भन्ने सन्देश प्रदान गर्न शिविर आयोजना गरेको बताए । उनका अनुसार २ दिन सम्म आयोजना गरिएको शिविरबाट पहिलो सत्रमा ३ सय जनाले सेवा लिएका थिए भने दोस्रो ७ सय जनाले सेवा लिएको बताए ।

उद्योगले कामदारका लागि उद्योगमै शिविर चलाउदा उनीहरु हर्षित थिए । शिविरमा पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर