दयाराम आचार्य ,नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरबाट सार्वजनिक विदाको दिनमा समेत सेवा दिइने भएको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्णय अनुसार विभिन्न सार्वजनिक विदामा समेत सेवा प्रदान गरिन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो ।
आज बुद्ध जयन्तीका दिनसमेत जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लगायतका फाँटको सेवा नियमित रहने जिल्ला प्रशासन कार्यालयले वैशाख १९ गतेको सूचना मार्फत समेत जानकारी गराएको छ ।

प्रशासन कार्यालयले वार्षिक रुपमा रहेका विभिन्न सार्वजनिक विदाका दिन सेवा प्रवाहा हुने भनि सूचि समेत यसअघिनै सार्वजनिक गरेको छ । प्रशासन कार्यालय सहित सेवाग्राहीकाे चाप हुने मालपोत ,नापी सहितका कार्यालय समेत विदाका दिन खुल्ने छन् ।