हेलिकप्टर दुर्घटना : एक जनाको मृत्यु

शिक्षा

संखुवासभा : हेलिकप्टर दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानिय भविन गुरुङ रहेको तुम्लिङटार विमानस्थलका प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए।

भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा हेलिकप्टर दुर्घटनामा परेको हो। दुर्घटनामा जम्मा पाँचजना घाइते भएका थिए भने २ जना गम्भीर थिए।

हेलिकप्टरले अरुण तेस्रोको सामान बोकेको थियो। घाइते भएका विक्रम शंकरको खाँदबारिमा नै उपचार भइरहेको र मनोज थापा, छिरिङ भोटे र सुरेन्द्र पौडेललाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार थाहा खबरमा छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर