भुस्याहा कुकुरको आतंक : रजहरमा ६ जना घाइते

शिक्षा

रजहर ।
देवचुली नगरपालिकाका विभिन्न स्थानमा भुस्याहा कुकुरको नियन्त्रण हुन नसक्दा समस्या भएको छ । यस्तै देवचुली नगरपालिका वडा नं.१६का विभिन्न स्थानमा भुस्याहा कुकुरको आक्रमणमा परि ६ जना घाइते छन ।

देवचुली वडा नं १६ का वडाध्यक्ष केशव राज गौतमका अनुसार वडाका विभिन्न टोलमा भुस्याहा कुकुरको आतंकले त्रास फैलाएको बताए । कुकुरको टोकाइबाट घाइते भएका ६ जनालाई देवचुलीको केउरेनीमा रहेको नगर अस्पतालमा लगिएको र अवस्था जटिल भएपछि भरतपुर अस्पतालमा रिफर गरिएको जानकारी दिए ।

भुस्याहा कुकुरको टोकाइबाट प्रगति टोल बस्ने वर्ष ३५ की कमला पोखरेल,वर्ष ३ का जुवेर मिया, वर्ष ५०की बुध कुमारि ढुङ्गाना, सृजना टोल बस्ने वर्ष ४६ का मुनुर दिन मिया, १४ नं टोल बस्ने वर्ष ४० का नेत्र लामिछाने, मध्यविन्दु १५ भ्युरान बस्ने वर्ष ४० का चन्द्र मणि पाण्डे घाइते भएको वडा अध्यक्ष गौतमले बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर