बिबेक भण्डारी ।
नेपाली कांग्रेसका नेता एवं संघीय सासंद डा शशांक कोइरालाले अब कांग्रेस परिवर्तन हुने बताउनुभएको छ । शनिवार नवलपुरको देवचुलीमा ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशन कार्यक्रम उद्घाट गर्न आउनुभएका डा. कोइरालाले अब पार्टीले इतिहास बनाउन तर्फ लाग्नुपर्ने र अब कांग्रेसको आउदो अधिवेशनमा कांग्रेस फरक ढंगबाट अघि बढ्ने बताउनुभयो ।
आफ्नो लक्ष्य मंन्त्री वा उच्चस्त पदमा जानु नभएको बताउदै उहाँले अब कांग्रेसलाई बलियो र परिवर्तन कसरी गर्ने भन्ने पक्षमा रहेको बताउनुभयो । कांग्रेस बचाउन आजको प्रमुख आवस्यकता भनेको इतिहास स्मरण गर्नु र विपिको इतिहासलाई पछ्याउनु रहेको बताउनुभयो ।
उहाँले कांग्रेस कमजोर पार्टी नरहेको बताउदै पार्टी बचाउन आफुले कांग्रेसमा परिवर्तन कुनै हालतमा ल्याएर छाड्ने बताउनुभयो ।