ट्रेड युनियन गण्डकी प्रदेशको दोस्रो अधिवेशन पिप्रहरमा

शिक्षा

बिबेक भण्डारी
ट्रेड युनियन गण्डकी प्रदेशको दोसा्रे अधिवेशन नवलपुरमा भएको छ । दोसा्रे अधिवेशनको कांग्रेस नेता एवं सासंद शशांक कोइरालाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले ट्रेड युनियनको पार्टी प्रति हुने भुमिका उल्लेखनिय रहेको बताउनुभयो ।

उहाँले ट्रेड युनियन कांग्रेसमा देखिएका जति पनि समस्या छ त्यसको हल आफुले गर्ने बताउनुभयो । उहाँले संगठन मजबुत हुन भातृ संस्थाहरुको योगदान हुने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जि सीको विशेष आतिथ्यता रहेको थियो । उहाँले कांग्रेस बलियो बनाउन र अन्य भुमिकामा ट्रेड युनियनको भुमिका गहन रहेको बताउदै ट्रेड युनियन गण्डकी प्रदेशको दोसा्रे अधिवेशनको शुभकामना दिनुभएको थियो ।

ट्रेड युनियन नवलपुरका अध्यक्ष गंगाधर सुबेदीले स्वागत मन्तव्य व्यक्त गनुभएको थियो । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष सुबेदीले ट्रेड युनियन अन्य समयमा पनि जागरुक हुन आवस्यक रहेको बताउनुभयो । उहाँले अधिवेशनको समयमा ट्रेड युनियन जागे पनि अन्य समयमा भने हराउने गरेको बताउनुभयो । प्रदेश अध्यक्ष मुरारी शर्मा पौडेलको अध्यक्षतामा दोस्रो अधिवेशन उद्घाट कार्यक्रम गरिएको हो ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर