नाराणी नदीमा डुबेर केउरेनीका एक किशोरको ज्यान गयो

शिक्षा

देवचुली ।
नारायणी नदीमा डुबेर नवलपुरको देवचुली नगरपालिका–१ केउरेनीका १५ वर्षीय संयोग ढकालको ज्यान गएको छ ।

गर्मी छल्नका लागि नारायणी नदीमा पौडी खेल्न गएका ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए । सोमबार बेपत्ता भएका ढकाल मंगलबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

मृत अवस्थामा फेला परेका ढकालको शवलाई पोष्टमार्टमका लागि देवचुली नगर अस्पताल, दुम्कौलीमा राखिएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर