पोखरीमा डुबेर बालिकाको मृत्यु

शिक्षा

नविन पौडेल , पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको रामग्राममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक जना  घाइते भएकी छन्। रामग्राम नगरपालिका -१० नदुवास्थित  श्रीनिवास केवटको माछापोखरीमा पौडी खेल्ने क्रममा ११ वर्षीया युनिषा खत्रीको निधन भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पौडी खेल्ने क्रममा खोटाङ घर भई रामग्राम नगरपालिका नदुवा बस्दै आएका लेखराज खत्रीका दुई छोरी युनिषा खत्री र मुना खत्री पौडी खेल्ने क्रममा घाइते भएका थिए ।

घाइते भएका दुवै बालिकालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा लगिएको भए पनि उपचारको क्रममा ११ वर्षकी युनिषा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए। घाइते भएकी ७ वर्षकी मुना खत्रीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर