दुम्कौली पुर्नवासमा अझै खानेपानी अभाव

शिक्षा

बिबेक भण्डारी
अत्याधिक गर्मि बढे पछि देवचुली नगरपालिका वडा नं.२मा खानेपानीका मुहान सुकेका छन । जिल्लाको दुम्कौलीमा रहेको पुर्नवासका स्थानियहरुलाई टंकीमा पानी ओसारे खुवाउनु परेको छ ।

देवचुली नगरपालिका वडा नं. २ अन्तरर्गत अति विपन्न क्षेत्र अन्तरर्गत पर्ने पुर्नवास टोलमा खानेपानीका अभाव हिउँदमा मात्र नभइ हरेक मौसममा हुने गरेको छ । अहिले गर्मि अत्याधिक बढे पछि काम चलाउ रहेका मुहानहरु समेत सुके पछि स्थानियहरुले टंकिको पानी मगाएर गर्जो टारेका छन ।

उक्त वडाका वडा अध्यक्ष शरद घिमिरेका अनुसार विपन्न क्षेत्रमा खानेपानीको समस्या रहेको र गर्मिमा थप समस्या नहोस भन्नका लागि चौधरी उद्योगको सहयोगमा खानेपानी वितरण गरेको बताए ।

- Advertisement -spot_img

More articles

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा खबर